सरकारविरुद्ध लागि परेको प्रधानमन्त्री ओलीको भनाई

चैत्र १२, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरू सरकारविरुद्ध लागिपरेको बताउनु भएको छ ।
ललितपुरमा आयोजित प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्पका साथ अघि बढिरहेको बताउनुभयो ।
२०४६ सालको परिवर्तनपछि देश तीव्र गतिमा अघि बढिरहेको पनि प्रधानमन्त्री ओलीको दाबी छ । उहाँले विकासका लागि पूर्वाधार आवश्यक रहेको भन्दै पूर्वाधार र कनेक्टीभीटीमा जोड दिएको पनि उल्लेख गर्नुभयो ।