नेपाल र थाइल्याण्डबीच दुईवटा सम्झौता हुने

चैत्र १८, २०८१

नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी दुईवटा सम्झौता हुने भएको छ । प्रधानमन्त्री केपी ओलीको आसन्न थाइल्याण्ड भ्रमणका क्रममा ती दुई सम्झौतामा हस्ताक्षर हुने भएको हो । सम्झौता गर्ने तयारीबारे प्रधानमन्त्री केपी ओलीले संसदको आजको बैठकमा गराउनुभयो । उहाँले थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसदलाई जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपाल–थाइल्याण्ड कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको तर्फबाट थाइल्याण्डको प्रधानमन्त्रीस्तरीय औपचारिक भ्रमण हुन लागेको बताउनुभयो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डका नरेश तथा समकक्षीसँग भेटवार्ता गर्ने तय भएको छ । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि थाइल्याण्ड जाने कार्यक्रम छ ।  


प्रतिक्रिया