त्रिविको स्ववियु निर्वाचन: केन्द्रीय क्याम्पसमा ६० प्रतिशत मात्र मतदान

चैत्र १८, २०८१ | काठमाडौं
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा आज सम्पन्न स्ववियु निर्वाचनमा ६० प्रतिशत मत खसेको छ ।
त्रिवि स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय अनुगमन तथा समन्वय समिति सदस्य गंगा डीसीका अनुसार ६ हजार १ सय ४६ विद्यार्थी मतदाता रहेकोमा ६० प्रतिशत मात्र मत खसेको हो ।
१७ वटा विद्युतीय भोटिङ मेसिनमार्फत भएको निर्वाचनमा ७ वटा विद्यार्थी संगठन र समूहले भाग लिएका थिए । विभिन्न जिल्लामा गरी १६ वटा कलेजमा स्ववियु निर्वाचन हुन बाँकी छ । काठमाडौंको त्रिचन्द्र कलेजमा भने भोलि निर्वाचन हुँदैछ ।