प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट

चैत्र १८, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुने–घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारसँग आज भेट गर्नु भएको छ । 

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले सो दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारवाही गरिने प्रक्रिया सुरु भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजन रजकलाई रोजगारीलगायत आवश्यक पर्ने अन्य व्यवस्थाका लागि सरकारले ध्यान दिने बताउनुभयो । 


प्रतिक्रिया