नेविसंघका दीपकराज जोशी ८ मतले विजयी

चैत्र १८, २०८१
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका दीपकराज जोशी विजयी हुनु भएको छ । आज भएको निर्वाचनमा उनी प्रतिस्पर्धी उम्मेदवारसँग ८ मतले विजयी हुनु भएको हो । जोशीले ७ सय ८९ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका सिद्धान्त भट्टले ७ सय ८१ मत प्राप्त गर्नुभयो । त्यस्तै तेस्रो स्थानमा रहेका अखिल क्रान्तिकारीका प्रविन दाहालले ७ सय २७ मत प्राप्त गर्नुभयो ।
त्यस्तै स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ५ सय १७ र पद्मा भुसालले १६६ मत प्राप्त गर्नुभयो । स्ववियुका अन्य पदाधिकारीमा भने अनेरास्वियुका उम्मेदवार विजयी भएका छन् । त्रिवि केन्द्रीय क्याम्पसमा जम्मा मतदाता संख्या ६ हजार १ सय ४६ रहेको थियो जसमध्ये ३ हजार १ सय १८ विद्यार्थीले मतदान गरेका थिए ।