नागरिक उन्मुक्ति र जनमतबीचको एकता अलमलमा

वैशाख १८, २०८२ | काठमाडौं

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ र रिहाई प्रक्ररणपछि जनमत र नागरिक उन्मुक्तिबीच पार्टी एकीकरण हुने÷नहुनेमा अलमल देखिएको छ । 

काठमाडौंमा हिजो आयोजित पार्टी एकीकरणको पूर्वसन्ध्यामा चौधरी पक्राउ परेर पछि रिहाई भएपनि पार्टी एकीकरणका सम्बन्धमा दुवै दलका नेताहरुमा अलमल देखिएको हो । केन्द्रीय कारागार डिल्लीबजारबाट संरक्षक चौधरी छुटेलगत्तै काठमाडौंको एक ब्याँक्वेटमा दुवै दलको बैठक बसेको थियो । तर जनमतका अध्यक्ष सीके लाल बैठकमा सहभागि नभएपछि दुई पार्टीबीचको एकीककरणमा शंका उत्पन्न भएको हो ।

पछिल्लो समय जनमत पार्टी एकीकरणका लागि अनिच्छुक रहेको कतिपयले दाबी गरेका छन् । यद्यपी जनमतका प्रवक्ता शरदसिंह यादवले भने पार्टी एकीकरणको सम्बन्धमा आफूहरु आन्तरीक छलफलमै रहेको दाबी गर्नुभयो । 

रेशम पक्राउ परे लगत्तै अध्यक्ष राउतले एकीकरण प्रक्रिया स्थगन भएको आसयसहित आफ्ना कार्यकर्तालाई घर फर्किन निर्देशन दिएको सन्देश सामाजिक सञ्जालमा राख्नु भएको थियो । एकताको अन्तिम चरणमा पुगेर सीके ब्याक हुन खोजेको भन्दै नागरिक उन्मुक्तिले संसय व्यक्त गरेको छ ।   


प्रतिक्रिया