विपद्को पूर्व तयारी र न्यूनीकरणमा सरोकारवालाको जोड

रेडियो कान्तिपुर संवाददाता

वैशाख ३०, २०८२

विपदबाट जोगिन स्थानीयस्तरमा पूर्वतयारी जुट्न समन्वयकारी भूमिका खेल्नुपर्ने सरोकारवालाले बताएका छन् । काठमाडौंमा आज स्थानीय तह, जिल्ला समन्वय समिति तथा विभिन्न सरोकारवाला नियकाहरुको समन्वय विपद् पूर्व तयारी छलफल कार्यक्रममा सरोकारवालाले विपद् सम्बन्धी आवश्यक जनचेतना र श्रोत साधन सम्पन्न हुनुपर्ने औंल्याएका छन् कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले स्थानीय स्तरमा राहत उद्धार सामग्री र पुर्नस्थापनका लागि पहिचान गरेर अगाडी बढेको बताउनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले विपद् व्यवस्थपका लागि सघं र प्रदेशसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । यस्तै, र्कीतिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलले विपद् प्रतिकार्यका लागि सबै जना सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । यस्तै, बल्खु कृषि तथा तरकारी बजार व्यवस्थापनका अध्यक्ष मोहन कुमार बस्नेतले विपद्को पूर्व तयारीका लागि उपयुक्त सूचना दिनु आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले काठमाडौं महानगरपालिकाको अव्यवस्थित शहर निर्माण प्रक्रियाले समेत डुबानमा पर्ने गरेको आरोप लगाउनुभयो । जिल्ला प्रहरी परिसरका काठमाडौंका एसपी अपिल राज बोहोराका अनुसार सुरक्षा निकाय विपद्मा उद्दार र राहतमा प्रतिबद्ध रहेको जिकिर गर्नुभयो । त्यस्तै, विपद् पत्रकार सञ्जालकी अध्यक्ष अमिका राजथलाले राकसिराङ गाउँपालिकाको विपद् जोखिम अवस्था अध्ययन बारे प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले विपद् जोखिम न्यूनीकरणका लागि सञ्चारजगतको भूमिका समेत महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।


प्रतिक्रिया