राजकर्णिकार बने UCMAS च्याम्पियन अफ च्याम्पियन्स

जेष्ठ ११, २०८२

UCMAS नेपालले १३ औं राष्ट्रिय स्तरको अबाकस तथा मानसिक गणित प्रतियोगितामा आराध्य राजकर्णिकार च्याम्पियन अफ च्याम्पियन्स बनेका छन् । प्रतियोगितामा सहभागि ५ सय बढी विद्यार्थीको सहभागि सो प्रतियोगितामा राजकर्णिकार च्याम्पियन अफ च्याम्पियन्स बनेका हुन् ।

UCMAS, Universal Concept of Mental Arithmetic System एक विश्वव्यापी मान्यता प्राप्त शैक्षिक कार्यक्रम हो । जसले बालबालिकाको मानसिक विकासलाई मानसिक गणित र अबाकस आधारित नवीन सिकाइ विधिको माध्यमबाट अभिवृद्धि गर्दछ। सन् १९९३ मा स्थापित यो कार्यक्रम हाल विश्वका ८० भन्दा बढी देशहरूमा संचालन भइरहेको छ । जसले करोडौँ बालबालिकाहरूलाई एकाग्रता, स्मरणशक्ति, सिर्जनात्मकता, र समग्र शैक्षिक प्रदर्शन सुधार्न सहयोग गरिरहेको छ।

UCMAS लाई संज्ञानात्मक विकासको क्षेत्रको अग्रणी कार्यक्रमको रूपमा MIT, हार्भर्ड, अक्सफोर्ड, क्याम्ब्रिज जस्ता प्रतिष्ठित संस्थाहरूले वैज्ञानिक मान्यता र समर्थन दिएका छन्। ४ देखि १३ वर्ष उमेर समूहका बालबालिकाहरूको मस्तिष्कको पूर्ण क्षमतालाई विकास गर्ने लक्ष्यका साथ यो कार्यक्रम रमाइलो, आकर्षक र वैज्ञानिक ढाँचामा तयार गरिएको छ।

कार्यक्रममा UCMAS अन्तर्राष्ट्रिय मुख्यालय मलेसियाका अलेक्सन वोंग, UCMAS नेपालका अध्यक्ष तथा CEO डा. स्नेहल कारियाको पनि सहभागिता थियो । 


प्रतिक्रिया