कान्तिपुर हाफ म्याराथनको १३ औं संस्करण आगामी शनिवार हुने

जेष्ठ ११, २०८२ | काठमाडौं

कान्तिपुर हाफ म्याराथनको १३ औं संस्करण आगामी शनिवार हुने भएको छ । ग्लोबल आईएमईको प्रस्तुती रहेको कान्तिपुर हाफ म्याराथनमा यो वर्षको नारा ‘लेट्स रन फर ग्रिनर टुमरो’ रहेको छ । कान्तिपुर हाफ म्याराथनमा महिला र पुरुषसहित विभिन्न ५ विधा रहने छन् । त्यस्तै कर्पोरेट एन्ड सेलेब रन ५ किलोमिटर, कलेज रन ७ किलोमिटर तथा ह्विलचेयर रेस ३ किलोमिटरको हुनेछ । 

विभिन्न विधामा गरि २ हजार ५ सय धावकको सहभागिता रहने अनुमान गरिएको छ । यसपटक पुरस्कार राशीमा बृद्धि गरिएको छ । मुख्य विधा कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १ लाख ५० रुपैयाँ पाउने छन् । दोस्रोले ७५, तेस्रोले ५०, चौथोले ३०, पाँचौंले २० र छैटौंले १० हजार रुपैयाँ पाउने छन् । 

ह्विलचेयर रेस तर्फ विजेताले ३५, दोस्रोले २५ र तेस्रोले १५ हजार रुपैयाँले पाउने छन् । कर्पोरेट र सेलेब रन तथा कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाउने छन् । हाफ म्याराथनमा कोर्ष रेकर्ड बनाउने खेलाडीले २५ हजार रुपैयाँ पाउने छन् ।  


प्रतिक्रिया