पीएम कप एनभिए भलिबलको महिलातर्फ पुलिस क्लबको लगातार तेस्रो जित

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ११, २०८२ | काठमाडौं

केएफएम डेस्क

काठमाडौं

नेपाल पुलिस क्लबले पिएम कप एनभिए लिग भलिबलअन्तर्गत महिलातर्फ लगातार तेस्रो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा विभागीय डर्बीमा पुलिसले नेपाल एपिएफ क्लबलाई ३–१ ले हरायो । यो जितमा पुलिस ९ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

पहिलो हार व्यहोरेको एपिएफसँग ६ अंक छ । यसअघि आजै भएको पहिलो खेलमा न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हरायो । लगातार ३ जितपछि ९ अंकसहित न्यु डायमण्ड अंक तालिकाको दोस्रो स्थानमा छ । न्यु डायमण्डले पुलिस जत्तिकै अंक बनाएपनि सेटको आधारमा दोस्रो स्थानमा रहेको हो ।

आर्मी लगातार तेस्रो खेलमा पराजित भएको छ । यसैबीच, पुरुषतर्फ नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै दोस्रो जित हात पारेको छ । जितसँगै पुलिसले ३ अंक जोडेको छ । अर्को खेलमा टिप टप हेल्प नेपालले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो ।   


प्रतिक्रिया