राजावादीले जनतालाई भ्रममा राखेर आन्दोलन गरेः प्रधानमन्त्री ओली

जेष्ठ ११, २०८२ | काठमाडौं
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले राजावादी शक्तिले जनतालाई भ्रममा राखेर आन्दोलन गरिरहेको आरोप लगाउनुभएको छ ।
राजावादी दल र समूहले जेठ १५ गते अर्को चरणको आन्दोलन गर्न लागिरहेको सन्दर्भमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उनीहरुको आन्दोलनमाथि टिप्पणी गर्नुभएको हो ।
सरकार र जनता मौन बसेको फाइदा उठाएर राजावादीहरु सक्रिय भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । एमाले मैदानमा उत्रिएमा राजावादीहरु भाग्ने अवस्था आउने उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले जेठ १५ गते पार्टीले गर्ने कार्यक्रममा सहभागी हुन आग्रह समेत गर्नुभयो ।