सर्वोच्चमा रिक्त न्यायधीशका लागि तीन जनाको नाम सिफारिस

जेष्ठ २७, २०८२ | काठमाडौं

न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

 न्याय परिषदको आज बसेको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सिफारिस गरेको हो ।

 संसदीय सुनुवाईपछि राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ । सर्वोच्चमा ४ न्यायाधीश पद खाली भए पनि हाल ३ जना मात्रै नियुक्तिका लागि सिफारिस गरिएको हो । 


प्रतिक्रिया