दुई जना लागूऔषध कारोबारीमाथि गोली प्रहार

जेष्ठ २७, २०८२

लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले काठमाडौंको टोखामा गोली चलाएको छ । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको टोखामा दुई जना लागूऔषध कारोबारीलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो । 

ब्युरोका सूचना अधिकारी एसपी जनकबहादुर शाहीका अनुसार प्रहरीको टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरू आक्रमणमा उत्रिएपछि गोली चलाइएको हो । एसपी शाहीका अनुसार गोली लागेका दुवै जना भारतीय नागरिक हुन् । दुवै जनालाई उपचारका लागि प्रहरी अस्पताल लगिएको छ । घटनाको थप विवरण आउन बाँकी छ । 


प्रतिक्रिया