यस वर्षको एसईई नतिजामा सुधार आउने प्रधानमन्त्री ओलीको दाबी

जेष्ठ ३०, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको एसईई नतिजामा सुधार आउने बताउनु भएको छ । काठामाडौं विश्वविद्यालयको ३० औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले एसईईमा सुधार आउने विश्वास दिलाउनुभयो ।
गत वर्षको नतिजामा ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनु नाजुक अवस्था रहेको भन्दै प्रधानमन्त्री ओलीले सो नतिजामा सरकारले सुधारको काम गरिरहेको दाबी गनुृभयो । यस वर्ष ६० देखि ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने सरकारले अनुमान गरेको पनि उहाँले बताउनुभयो ।
शिक्षा र स्वास्थ्य क्षेत्रबाट देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उहाँले त्यसका लागि सरकार सचेत रहेको उल्लेख गर्नुभयो ।