४ जना न्यायाधीशलाई उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गर्न सिफारिस

जेष्ठ ३०, २०८२

न्याय परिषदले ४ जना न्यायाधीशलाई उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको छ । न्याय परिषद बैठकले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजन प्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको हो । 

त्यस्तै उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवरलाई उच्च अदालत पाटनका मुख्य न्यायाधीश तथा उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीशमा नियुक्त गर्ने निर्णय भएको परिषद्ले जनाएको छ । 

उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश पदमा नियुक्त गर्न परिषद्ले सिफारिस गरेको छ । यसैबीच, उच्च अदालत दिपालयका न्यायाधीश गोकर्ण डाँगीको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा सरूवा गर्ने सिफारिस गरिएको परिषद्द्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 


प्रतिक्रिया