असार तेस्रो साता प्रधानमन्त्री ओली स्पेन जाने

असार ३, २०८२
प्रधानमन्त्री केपी शर्मा ओली असार तेस्रो साता स्पेन जाने हुनुभएको छ । संयुक्त राष्ट्र संघद्धारा आयोजना हुने विकासका लागि वित्तपोषण चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन त्यसतर्फ जान लाग्नुभएको हो । प्रधानमन्त्रीको स्पेन यात्राको तयारी भइरहेपनि औपचारिक जानकारी भने पराराष्ट्र मन्त्रालयले दिएको छैन । सम्मेलनको समाप्तिपछि २० असारमा फर्किने गरी प्रधानमन्त्रीको भ्रमण कार्यतालिका तयार भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री आरजु राणा देउवा समेत जाने बताइएको छ । संयुक्त राष्ट्रसंघद्वारा अतिकम विकसित र विकासशील देशको विकासका लागि आर्थिक स्रोत तथा सुविधा उपलब्ध गराउन यस्तो सम्मेलनको आयोजना हुँदै आएको छ । सम्मेलनमा ५० भन्दा बढी राष्ट्राध्यक्ष, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, विश्व व्यापार संगठनसहित विभिन्न क्षेत्रीय वित्तीय संस्थाका प्रमुखको सहभागिता रहनेछ ।