असारको अन्तिम सातासम्म एसइइको नतिजा सार्वजनिक!

असार ३, २०८२
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमीले असारभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि असार पहिलो साताभित्रै नतिजा सार्वजनिक हुने गरेपनि यस पटक भने शिक्षक आन्दोलनका कारण केही पछि धकेलिएको कार्यालयका परीक्षा नियन्त्रक गणेश प्रसाद भट्टराईले बताउनुभयो ।
चैत्र ७ गतेदेखि १९ गतेसम्म भएको परीक्षामा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सामेल भएका थिए । केही दिनअघि सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी ओलीले यस वर्षको एसईईको नतिजामा सुधार आउने दाबी गर्नुभएको थियो । उहाँले ६० देखि ६५ प्रतिशत विद्यार्थी उतीर्ण हुने प्रक्षोपण गर्नुभएको छ ।