रेशम राज पौडेल पक्राउ

असार ३, २०८२

सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता र शिष्टाचार विरूद्धका सामग्री प्रकाशन गरेको अभियोगमा प्रहरीले सवारी चालकको काम गर्दै आएका रेशम राज पौडेललाई पक्राउ गरेको छ । युट्युब लगायतका डिजिटल प्लेटफर्ममा नियमित रुपमा व्यक्ति तथा संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषयमा सामाग्री प्रसारण गरी नकारात्मक धारणा फैलाएको भन्दै प्रहरीले बाग्लुङ निसिखोला गाउँपालिका–४ घर भएका ३६ वर्षीय पौडेललाई नेपालगञ्जस्थित रूपैडियाबाट पक्राउ गरेको हो । 

उनी विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुई दिनअघि मात्र प्रहरीले सामाजिक सञ्जालमा तथ्यहीन भ्रामक विषयवस्तु प्रस्तुत गरेको अभियोगमा भक्तपुर बस्ने खोटाङकी ३१ वर्षीया रमा बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो । बस्नेत टिकटकमा निकै परिचित छिन् । पछिल्लो पटक सामाजिक सञ्जालमा नकारात्मक सामग्री राखेको भन्दै प्रहरीले धमाधम सामाजिक सञ्जाल प्रयोगकर्तालाई पक्राउ गर्न थालेको छ । 


प्रतिक्रिया