इजरायलतर्फ थप क्षेप्यास्त्र प्रहार

असार ३, २०८२

इरानले आज बिहान इजरायलतर्फ थप क्षेप्यास्त्र प्रहार गरेको छ । इरानले इजरायलतर्फ थप क्षेप्यास्त्र प्रहार गरेको इजरायली रक्षा बलले जनाएको हो । इरानको पछिल्लो आक्रमणपछि उत्तरी इजरायलका बासिन्दालाई संरक्षित क्षेत्र छोड्न अनुमति दिइएको इजरायली सेना जनाएको छ । उत्तरी इजरायलका धेरै भागमा साइरन बजिरहेको बीबीसीले उल्लेख गरेको छ । इजरायलको राष्ट्रिय आपतकालीन सेवाले इरानको पछिल्लो आक्रमणपछि कुनै पनि हताहतीको रिपोर्ट प्राप्त नभएको बताएको छ ।

यसैबीच, इरानी सरकारी मिडियाले पनि आज बिहान तेहरानमा धेरै नयाँ विस्फोट भएको पुष्टि गरेको छ । इरानी सरकारी सञ्चार माध्यमले यात्रुको सुरक्षा र उडान सुरक्षालाई ध्यानमा राख्दै देशको हवाई क्षेत्र स्थानीय समय अनुसार दिउँसो २ बजेसम्मका लागि बन्द रहने जनाएका छन् । गत शुक्रबार इजरायलको आक्रमणपछि इरानको हवाई क्षेत्र बन्द गरिएको छ । दुई देशबीच हमला जारी रहँदा हवाई उडानले वैकल्पिक मार्ग प्रयोग गर्दै आएका छन् । 


प्रतिक्रिया