पोसाकको बिषय उठाउँदै रास्वपा सांसदलाई बैठकबाट निस्कासन गर्न कांग्रेसको माग

असार ३, २०८२

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभा बैठकमा विपक्षी दलले विरोध जारी राखिरहेका बेला सत्तारुढ नेपाली कंग्रेसले पोसाकको बिषय उठाउँदै बैठकबाट निस्कासन गर्न माग राखेको छ । प्रतिनिधिसभाको बैठकमा आज विपक्षी दल रास्वपाका सांसदले निलो रंगको रिबनसहित उपस्थित भएर नारावाजी गरेपछि कंग्रेसले त्यसप्रति प्रश्न उठाएको हो । सो पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले पहिरनको बिषय उठाएर रास्वपाका सांसदलाई बैठकबाट बाहिर निकाल्न माग गर्नुभयो ।

यसअघि बैठकमा बोल्दै रास्वपाकी सांसद चन्दा कार्कीले भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने आफूहरुको माग यथावत् रहेको बताउनुभयो । गम्भीर समस्या उठाउँदा सरकारले रोष्ट्रमबाट धम्क्याएको उहाँको भनाइ थियो ।

दुई जना सांसदले बोलेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टासम्मका लागि बैठक स्थगित गर्नु भएको थियो । तर बैठक बस्न नसकेपछि सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक पर्सी बिहिवारका लागि सारिएको छ । सरकारले आज प्रतिनिधि सभाबाट संघीय निजामती सेवा विधेयक पारित गर्ने तयारी गरेको थियो । 


प्रतिक्रिया