पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव थापासहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

असार ८, २०८२ | काठमाडौं

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापा सहित १४ जना र २ कम्पनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोषले २०८० असार ५ गते प्रकाशित गरेको शवदाह मेसिन खरिदको बोलपत्र आह्वानमा १० करोड बढी रकम हिनामिना गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, तत्कालीन निमित्त सदस्यसचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, उप निर्देशक रेवती रमण अधिकारी, तत्कालीन उपनिर्देशक सिताराम रिसेल लगायत १४ जना विरुद्ध १० कारोड ३३ लाख ९१ हजार रुपैयाँ बिगो माग दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

यस्तै क्षेत्र विकास कोषका इन्जिनियर पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी, लेखा अधिकृत चन्द्र प्रसाद खनाल तथा अन्य २ वटा कम्पनीलाई प्रतिवादी बनाइएको छ । सार्वजनिक खरिद ऐन २०६३ लाई वेवास्ता गरि पशुपति क्षेत्रमा जडान गरिएको विद्युतिय शवदाह मेसिनको परिक्षण समेत नगरि सरकारी रकम हिनामिन गरेको आरोप उनीहरुमाथि लागेको छ ।  


प्रतिक्रिया