पहिरोले अवरुद्ध बनेको वीपी राजमार्गमा सवारी आवागमन शुरु

असार ३०, २०८२ | काठमाडौं
पहिरोले अवरुद्ध बनेको वीपी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । वीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र मंगलटार बिरुवाडाँडा–९ र ११ को सिामना कालढुङ्गामा खहरे खोलाको लेदो आएर अवरुद्ध भएको सडक दुईतर्फी खुलेको हो ।
हिजो साँझ साढे ६ बजेतिर लदोसहित सडकमा खसेको पहिरो हटाएसँगै आज बिहानबाट यातायात सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुनिल धाजुले जानकारी दिनुभयो । वीपी राजमार्गकै पिन्थलीमा यसअघि पनि पटकपटक सडक अवरुद्ध हुँदै आएको छ। असार १६, २५ र २६ गते पनि पिन्थलीमा पहिरोले सडक अवरुद्ध भएको थियो भने असार २५ गते मंगलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो ।