भोलिदेखि साउन १५ सम्म बीपी राजमार्ग दैनिक १२ घण्टा बन्द हुने

असार ३२, २०८२ | काठमाडौं

बीपी राजमार्ग अन्तर्गत काभ्रेभज्याङ–भकुण्डोबेसी हुँदै सिन्धुलीतर्फको सडक आवातजावात रातिको समयमा बन्द हुने भएको छ । 

देशभर मनसुन सक्रिय भएकोले कुनै पनि बेला बाढी पहिरोको जोखिम रहेको भन्दै काभ्रेपलाञ्चोकको सुरक्षा बैठकले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक र निजी सवारी साधनको आवातजावातमा रोक लगाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले साउन १ देखि साउन मसान्तसम्मै साँझ ५ देखि बिहान ५ बजेसम्म सवारी आवागनमा रोक लगाएको हो ।

 यसअघि असार ६ गते काँभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकको निर्णयले १५ दिनका लागि साँझ साढे ६ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाएको थियो । यस्तै असार १८ गतेको जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको सुरक्षा बैठकले १५ दिनका लागि म्याद थप गरी साँझको समयमा राजमार्गमा यात्रुबहाक तथा निजी सवारी सञ्चालनमा रोक लगाएको थियो ।


प्रतिक्रिया