साउन ८ र १२ गते बैतडी र दार्चुलाका नेपाल–भारत सीमा नाका बन्द हुने

असार ३२, २०८२ | काठमाडौं
भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलास्थित नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ ।
आगामी साउन ८ र १२ गते भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचन हुँदैछ । सो निर्वाचनलाई मध्यनजर गरेर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार दार्चुलाको पुलघाट नाका आगामी साउन ५ गते बेलुकादेखि साउन ८ गते बिहानसम्म बन्द हुनेछन् । यस्तै, बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहने उहाँले जानकारी दिनुभयो ।