अब हरेक वर्षको साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाइने

असार ३२, २०८२ | काठमाडौं
अबदेखि हरेक वर्षको साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाइने भएको छ । मन्त्रिपरिषद् बैठकले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।
बहुगुणी अन्नका रूपमा रहेको कोदो खेती कम भइरहेका अवस्थामा सरकारले साउन राष्ट्रिय दिवस मनाउने निर्णय गरेको हो । सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ । कृषि मन्त्रालयका अनुसार ७७ जिल्लामै उत्पादन गर्न सकिने कोदोको खेती ६० मिटरदेखि ३६५० मिटर उचाइसम्म हुन्छ ।
उत्पादनको हिसाबले सबैभन्दा बढी सम्भावना कर्णालीमा रहेको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक)ले जनाएको छ । कृषि मन्त्रालयका अनुसार २०७८÷७९ मा २ लाख ६७ हजार ७१ हेक्टरमा खेती र ३ लाख ३९ हजार ४ सय ६२ टन उत्पादन भएको थियो । २०७९÷८० मा क्षेत्रफल घटेर २ लाख २७ हजार ९ सय ३४ हेक्टर पुगेको छ । उत्पादन पनि घटेर ३ लाख १० हजार ८ सय ४७ टनमा झरेको मन्त्रालयको तथ्यांक छ ।