सरकारका मन्त्रीबीच भ्रष्टाचारको प्रतिस्पर्धा भयोः राप्रपा

श्रावण ७, २०८२ | काठमाडौं

प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले दुई ठूला दलसहितको गठबन्धन सरकारका मन्त्रीहरुबीच भ्रष्टाचारका लागि प्रतिस्पर्धा भइरहेको आरोप लगाएको छ । 

प्रतिनिधिसभामा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले देश लुट्ने टेन्डर पारेर काम गरेको टिप्पणी गर्नुभयो । उहाँले एक दर्जन मन्त्रीमाथि कारवाहीको माग गर्नुभयो ।

कर्मचारीलाई कारवाही गरेर मात्र भ्रष्टाचार अन्त्य हुन नसक्ने लिङदेनको भनाइ छ । राजनीतिक व्यक्तिलाई भ्रष्टाचार मुद्धामा कारवाही नहुने प्रवृत्ति देखिएको लिङदेनले टिप्पणी गर्नुभयो ।

भ्रष्टाचारको अन्त्य र सुशासनका लागि देशव्यापी अभियान चलाउने घोषणा गरेको राप्रपाले केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत निकायको ध्यानाकर्षण गराउँदै ठूला भ्रष्टाचार काण्डको छानविनको माग समेत गरेको थियो । 


प्रतिक्रिया