इङ्ल्याण्ड र इण्डियाबीचको चौथो टेस्ट म्याच सुरु

श्रावण ७, २०८२ | काठमाडौं

इङ्ल्याण्ड र इण्डियाबीचको चौथो टेस्ट म्याच सुरु भएको छ । इङ्ल्याण्डको घरेलु मैदान म्यानचेष्टरमा सुरु खेलमा टस हारेर इण्डिया पहिले ब्याटिङमा छ ।

५ म्याचको सिरिजमा यस अघिका ३ खेलमा इङ्ल्याण्डले २–१ को अग्रता लिएको छ । पहिलो र तेस्रो म्याचमा विजयी भएको इङ्ल्याण्ड यो खेल जितेमा १ खेल अगावै विजयी हुनेछ ।

यस्तै सिरिज आफ्नो पक्षमा बनाउनका लागि इण्डियालाई भने चौथो र पाँचौं खेल दुवै जित्नुपर्नेछ । यो सिरिजमा इण्डियन टोलीको नेतृत्व शुभमन गिलले गरेका छन् । गिलले पहिलोपटक टेस्ट म्याचमा कप्तानको भूमिका पाएका हुन् । यस्तै घरेलु टोली इङ्ल्याण्डको कप्तानी वेन स्टोक्सले गरेका छन् ।

नयाँ सिजनको टेस्ट च्यापियनसिप अन्तर्गत भएका पछिल्ला ३ खेलमा इङ्ल्याण्ड २ वटा म्याच जित्दै तेस्रो स्थानमा छ भने समान खेल खेलेको इण्डिया १ जित सहित चौथो स्थानमा छ । ३ खेलमा अपराजित अस्टे«लिया शीर्ष स्थानमा रहँदा श्रीलङ्का दोस्रो स्थानमा छ   


प्रतिक्रिया