पूर्वराष्ट्रपति भण्डारीको सदस्यता स्वतः निष्क्रिय भएको एमालेको दाबी

श्रावण ७, २०८२ | काठमाडौं
एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता स्वतः निष्क्रिय भएको दाबी गरेको छ ।
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति भण्डारी भूमिकाको परिप्रेक्ष्यमा पार्टी राजनीतिमा फर्कने विषय स्वतः निष्क्रिय भइसकेको बताउनुभयो ।
पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कदा पार्टीलाई फाइदा हुने भएपनि लोकतन्त्रलाई घाटा हुने भएपछि बिशेष निर्णय लिनुपरेको उहाँको भनाइ छ ।