अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार विस्तारको प्रगति ६० प्रतिशत

श्रावण ९, २०८२ | काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम अन्तिम चरणमा पुगेको छ । हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत, ट्याक्सी वे र एप्रोन विस्तारलगायतका काम लगभग पूरा हुने चरणमा पुगेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले त्रिभुवन विमानस्थलमा हवाई यात्रुकोे चाप अत्यधिक वृद्धि भएसँगै गुरुयोजना अध्यावधिक गरी क्रमिक रूपमा क्षमता विस्तारको कार्यलाई तिब्रता दिएको हो । मनसुनको समयमा पनि कामलाई तिब्रता दिइएकाले निर्धातिर मितिमै काम सम्पन्न हुने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

धावन मार्ग भन्दा ७५ मिटरभित्रको क्षेत्र अत्यधिक ‘सुरक्षा संवेदनशील क्षेत्र’ रहेकोले गत बैशाखसम्म ५ महिना राती १० घण्टा विमानस्थल बन्द गरेर काम गरिएको थियो । उडान रोकेको भन्दै प्राधिकरणको त्यतिबेला आलोचना भएको थियो । राति उडान रोकेपनि विमानस्थलको आय र यात्रुको संख्या गतवर्षको भन्दा कमी नभएको अधिकारीले बताए ।

१५ अर्ब रुपैयाँ लागतमा धावनमार्ग जोड्ने ट्याक्सी वे, समानान्तर ट्याक्सी वे, अन्तर्राष्ट्रिय एप्रोन, आन्तरिक एप्रोन, आन्तरिक वायुसेवाका लागि ह्यांगरलगायत निर्माण कार्य द्रुतस्तरमा भइरहेको अधिकारीले बताए । दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फ अन्तर्राष्ट्रिय विमान पार्किङ ९एप्रोन०, पूर्वतर्फ ह्याङ्गर क्षेत्रको निर्माण कार्य अन्तिम चरणमा पुगेका हुन् । निर्माण सम्पन्न भएपछि अन्तर्राष्ट्रिय जहाजको पार्किङ क्षमता ११ बाट १८ मा पुग्ने छ ।
त्यस्तै धावन मार्गको क्षमतामा पनि २५ प्रतिशतले वृद्धि भइ एयर ट्राफिक व्यवस्थापन सहज हुने अधिकारीको विश्वास छ । ट्याक्सी वे र अन्य संरचनाको विस्तारपछि विमानस्थलको यात्रु क्षमता करिब १ करोड पुग्ने अनुमान छ ।

विमानस्थलबाट अहिले दैनिक तीन सय उडान भइरहेका छन् । दुई वर्षदेखि जारी स्तरोन्नतीको कार्य बीचमा रहेको आयल निगमको हवाई इन्धन डिपोका कारण पश्चिम तर्फको काम भने अहिले रोकिएको छ ।
आयल निगमको डिपो स्थानान्तरणका लागि प्राधिकरणले उत्तर तर्फ जमिन उपलब्ध गराइसकेको छ । निगमले डिपो सारेलगत्तै पश्चितर्फको समानान्तर ट्याक्सीवेले पूर्णता पाउने छ । ३००० मिटर लामो रहेको धावन मार्गको यसअघि नै स्तरोन्नती गरि ३३०० मिटर बनाइ सकिएको छ ।