इरानको जेलमा रहेका ५ जना नेपाली फिर्ता

श्रावण ९, २०८२ | काठमाडौं

इरानको जेलमा रहेका ५ जना नेपाली थुनामुक्त भएर स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात उनीहरुलाई नेपाल फर्काइएको हो ।

 मन्त्रालयले उनीहरुको रिहाइ प्रक्रियामा सहयोग गर्ने भारत, इरान तथा तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमलाई धन्यवाद दिएको छ ।

 यसैबीच, इजरायल–इरानको द्वन्द्वपछि उत्पन्न जटिल अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले नेपाली नागरिकको सुरक्षास्थितलाई केन्द्रीत गर्दै आवश्यकता अनुसार आपत्कालीन उद्दारका लागि विवरण संकलन प्रक्रिया अघि बढाएको छ ।   


प्रतिक्रिया