तीनकुने घटनाको छानबिनका लागि राप्रपाद्वारा संसदीय छानबिन समिति माग

श्रावण ९, २०८२ | काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद धवलशमशेर राणाले गत चैत १५ गते भएको तीनकुने घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ ।

  प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले उक्त माग राख्नुभएको हो । सरकारले राजावादी विचार बोकेकै भरमा आफूहरुमाथि झुटा मुद्दा लगाएको उहाँको टिप्पणी छ । न्यायपालिकाले तीनकुने घटनालाई सत्यतथ्य रूपमा न्याय निरुपण गर्ने कुरामा आफू विश्वस्त रहेको राणाले बताउनुभयो ।

राज्यको कमजोर सुरक्षा संयन्त्रको कारण तीनकुने घटना भएको उल्लेख गर्दै पक्राउ परेका राजावादी समूहका नेता कार्यकर्तालाई रिहा गर्न समेत उहाँले माग गर्नुभयो ।  


प्रतिक्रिया