मधेशका अधिकांश स्थानमा मध्यम देखि भारी वर्षाको सम्भावना

श्रावण १८, २०८२ | काठमाडौं

मधेश प्रदेशका अधिकांश स्थानमा मध्यम देखि भारी वर्षा भएको छ । मनसुनस सुरु भएको करिव २ महिनाको अवधिमा खण्डित वर्षा हुंदै आएको पूर्वी तराई क्षेत्रमा वर्षा गएरातीसम्म भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

धनुषा, सिरहा, सप्तरी, बारा, रौतहट लगायतका स्थानमा वर्षा भएको महाशाखाका मौसमविद् मिन कुमार अर्याले बताउनुभयो । वर्षा भएसंगै किसानलाई धान रोपाईंमा सहजता भएको जनाइएको छ । 

मधेशमा गत बिहीबारसम्म आवश्यक वर्षा नभएकाले रोपाईं प्रभावित बनेको थियो । सोही कारण मधेश सरकारले मधेश प्रदेशलाई सुख्खाग्रस्त र संघीय सरकराले तीन महिनाका लगि संकटगस्त क्षेत्र घोषणा गरेको थियो ।

कृषि विकास निर्देशनालयको तथ्यांक अनुसार मधेश प्रदेशमा कुल ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर खेतमा धान खेती हुन्छ । त्यस मध्ये गत शुक्रबारसम्म जम्मा २ लाख १३ हजार ४ सय ३८ हेक्टर क्षेत्रफलमा रोपार्ईं भएको छ । 

यो कुल क्षेत्रफलको ५७ प्रतिशत हो । यसैविच, मुलुकभर आज साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागका धेरै स्थानहरुमा तथा तराई भू–भागका केही स्थानहरुमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको संभावना रहेको महाशाखाको भनाई छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको संभावना छ । 


प्रतिक्रिया