तुर्कमेनिस्तानको भ्रमणमा जादै प्रधानमन्त्री ओली

श्रावण १८, २०८२ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजित भूपरिवेष्टित विकासशील राष्ट्रहरुको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागि हुन आज त्यसतर्फ जादैहुनुहुन्छ ।

पर्सी मंगलबार देखि शुक्रबारसम्म चल्ने सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राती त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । 

तुर्कमेनिस्थानका राष्ट्रपति सेरदार बेरदिमुहा–मेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा भाग लिन जान लाग्नुभएको परराष्ट्रमन्त्रालयले जनाएको छ । 

सम्मेलनमा ओलीले कम विकसित राष्ट्रहरुको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि उहाँले सम्बोधन गर्नुहुनेछ । 

यस्तै विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसंग भेटवार्ता गरेपछि आगामी शुक्रबार स्वदेश फर्किनुहुने जनाइएको छ । 


प्रतिक्रिया