माओवादी स्थायी कमिटि बैठक बस्दै

श्रावण १८, २०८२ | काठमाडौं

नेकपा माओवादी केन्द्रको स्थायी समिती बैठकमा नेताहरुले आ–आफ्ना धारणा राख्नेक्रम जारी छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्तावमाथि २५ जना नेताले पालैपालो धारणा राखेकोमा अब बाँकी अन्य २० जना नेताहरुले आज बस्ने बैठकमा राख्ने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकमा बोल्नेक्रममा अधिकांश नेताहरुले पार्टीमा पछिल्लो समय देखिएको अन्तरविरोधमा भन्दा बढि संगठन सुदृढीकरणमा जोड दिएका छन् ।

बैठकमा पार्टीले अघि सारेको समाजवादी बाटो, वामपन्थी एकता, प्रमुख प्रतिपक्षले खेल्नुपर्ने भूमिका, आगामी कार्यक्रम, प्रमुख प्रतिपक्षले खेल्नुपर्ने भूमिकाका साथै नेतृत्व सबल बनाउन महाधिवेशनको आवश्यकतामाथि सुझाव दिन नेताहरुलाई आग्रह गरिएको छ ।

यद्धपी अध्यक्ष दाहालमाथि प्रश्न उठाएका उपमहासचिव जनार्दशन शर्मालाई आत्मलोचना गरी पार्टी संगठन सुदृढमा ध्यान दिन दबाब बढेको छ ।

सरकारमा हुँदा र प्रमुख प्रतिपक्षमा बस्दा दाहालको नेतृत्वमा सम्झनालायक कामहरु भएको उल्लेख गर्दै कतिपय नेताहरुले मुख्य नेतृत्व कमजोर बनाउन नहुने टिप्पणी समेत गरेका छन् ।

यसैबीच, समसामयिक विकसित राजनीतिक घटनाक्रमको समीक्षासंगै केन्द्रीय समितिको बैठकको तयारीका सम्बन्धमा समेत छलफल भइरहेको उपाध्यक्ष सापकोटाको भनाइ छ । 

यसअघि पोखरामा आएर स्थगित भएको मध्यपहाडी लोकमार्ग अभियानलाई आगामी भदौंबाट सुरु गर्ने गरि छलफलसमेत अघि बढेको उहाँको भनाइ छ । बैठक आज समापन गर्ने तयारी गरिएपनि बैठक भोलीसम्म लम्बिन सक्ने सम्भावना रहेको पार्टी सचिवालयले जनाएको छ । 


प्रतिक्रिया