भारतले रुसबाट इन्धन खरिद जारी राख्ने

श्रावण १८, २०८२ | काठमाडौं
अमेरिकाको चेतावनीका बाजवुत भारतले रुसबाट इन्धन खरिद जारी राख्ने भएको छ । अमेरिकाले रुसबाट इन्धन बोकेर भारततर्फ आउंदै गरेको पानी जहाजलाई हिजो अवरोध गरेपनि इन्धन आपुर्ती नियमित गरिने भारतको सरकारी स्रोतले जनाएको छ ।
युक्रेन युद्ध अन्त्य नगरेसम्म रुसलाई विभिन्न प्रकारका प्रतिवन्ध लगाउने घोषणा स्वरुप अमेरिकाले इन्धन निर्यातमा अवरोध गरेको हो । तर विश्वबजारको बजारको तुलनामा रुसी इन्धन सस्तो भएको कारण खरिद नरोकिने जनाइएको हो ।
अर्को तर्फ रुससंग लामो समयका लागि इन्धन खरिद सम्झौता भएका कारण पनि इन्धन आपुर्ती नरोकिने भारतीय सरकारी स्रोतलाई उद्धत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
अमेरिकाले रुससंग व्यापार गर्ने मुलुकलाई १ सय प्रतिशतसम्म भन्सार कर बृद्धि गर्ने चेतावनी समेत दिएको छ । रुसी व्यापार कमजोर बनाएर युक्रेन युद्ध अन्त्य गर्न सकिने अमेरिकाको जिकिर छ ।