लोकतन्त्र र संविधान नमान्ने दलले संसद् अवरुद्ध गरेको प्रधानमन्त्रीको आरोप

श्रावण १८, २०८२ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधान नमान्ने दलले संसद् अवरुद्ध गरिरहेको आरोप लगाउनुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसदभित्रै बसेर प्रणालीमाथि प्रहार गरिएको बताउनुभयो ।

नयाँ राजनीतिक दलले पनि संविधान र कानुनभित्र बसेर आफ्ना अभिव्यक्ति दिनुपर्ने उहाँको भनाइ थियो । अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले देशलाई श्रीलंका वा बंगलादेशको जस्तो अवस्थामा लैजान नदिइने बताउनुभयो ।

विपक्षी दल रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरण लगायत विषय उठाएर संसद बैठक बहिष्कार गरिरहेका बेला प्रधानमन्त्री ओलीले ती दल लक्षित पछिल्लो अभिव्यक्ति दिनुभएको हो । 


प्रतिक्रिया