राप्रपाले धार्मिक पदयात्रा गर्दै

श्रावण १९, २०८२ | काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज काठमाडौंमा धार्मिक पदयात्रा गर्दैछ ।

राप्रपाले सनातन हिन्दू राष्ट्रका लागि भन्दै मैतीदेविदेखि पशुपतिनाथ मन्दिरसम्म पदयात्रा गर्न लागेको हो ।

राजसंस्था पुर्नस्थापना, सनातन हिन्दू राष्ट्रको माग गर्दै पछिल्लो समय आन्दोलनमा होमिएको राप्रपाले पदयात्रालाई हिन्दू राष्ट्रको पक्षमा जनमत सिर्जना गर्ने अभियानका रुपमा समेत लिएको छ ।

धर्म संस्कृतिको संरक्षण तथा सम्बद्र्धन, समान विचार भएका शक्तिलाई एक ठाउँमा उभिनका लागि पनि पदयात्रा महत्वपुर्ण भएको आयोजक नेपाल सनातन धर्म संस्कृति संगठनले जनाएको छ ।

पदयात्रामा राप्रपा अध्यक्ष लिङ्देनसहितका नेता, धर्मगुरु र धार्मिक व्यक्तित्वको सहभागिता रहने जनाएको छ ।


प्रतिक्रिया