अबिरल वर्षासँगै खसेको पहिरोका कारण राप्ती राजमार्ग अबरुद्ध

श्रावण १९, २०८२ | काठमाडौं

अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध राप्ती राजमार्गमा अझै यातायात सञ्चालनमा आउन सकेको छैन ।

आईतबार बेलुकी ६ बजेतिर सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक ठूलो पहिरो खसेपछि राप्ती राजमार्गमा यातायात सेवा अवरुद्ध भएको हो ।

राति भएकाले पहिरो हटाउन नसकेपछि अबरुद्ध राप्ती राजमार्ग खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि अहिले सवारी साधन सडकमै रोकिएका छन् ।

वर्षाका कारण वैकल्पिक मार्गमा समेत गाडी चल्न नसक्ने भएपछि यात्रुहरु समस्यामा परेका छन् ।

पहिरोसँगै खसेको ढुंगाले लागेर एक यात्रुबाहक गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

राति भएकाले सडकमा खसेको पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम खत्रीले बताउनुभयो ।

अहिले पहिरो पन्छ्याउने कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ । 


प्रतिक्रिया