प्रधानमन्त्री ओली उद्घाटनका कार्यक्रममा सहभागी हुन महोत्तरी जाँदै

श्रावण ३०, २०८२
प्रधानमन्त्री केपी शर्मा ओली कालो पत्रे सडक निर्माणको शिलान्याससँगै अन्य उद्घाटन कार्यक्रममा सहभागी हुन आज महोत्तरी जादै हुनुहुन्छ । सोनमा गाउँपालिकामा बन्न लागेको कालोपत्रे सडक निर्माणको शिलान्यास गर्न प्रधानमन्त्री ओली महोत्तरी जान लाग्नु भएको हो । मधेस प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सडक बन्न लागेको हो । सो सडकको लम्बाई साढे ८ किलोमिटर हुने पुर्वाधार विकास कार्यालय जलेश्वरले जनाएको छ । विश्व बैंकको अनुदान ऋणमा बन्न लागेको सो सडकको ठेक्का ढुकुछु निर्माण कम्पनीले पाएको छ । २०८३ चैत्र ११ गते सम्म सडक निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । मधेस भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले जनकपुरमा मधेश प्रहरी प्रहरी कार्यालयका प्रशासनिक भवनको उदघाटन गर्ने र हंसपुर जोड्ने सडकको समेत शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।