राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् एजेण्डा

श्रावण ३०, २०८२
राष्ट्रियसभाको बैठक आज बस्दैछ । बिहान पौने १२ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०÷८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची राखिएको छ । त्यस्तै बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभासमक्ष टेबुल गर्ने कार्यसूची छ ।
यसैबीच आज विभिन्न पाँचवटा संसदीय समितिले बैठक बोलाएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।