रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानलाई उपचारका लागि काठमाडौं ल्याइयो

भाद्र ११, २०८२ | काठमाडौं

गत शनिबार बन्द सुटकेसभित्र मृत भेटिएकी माधवनारायण–६ माधोपुरकी ३० वर्षीया रुबी साहको हत्या आरोपीलाई थप उपचारका लागी काठमाडौं ल्याइएको छ ।

 शरीर जलेर गम्भिर घाईते अवस्थामा आज विहान प्रहरीले फेला पारेको लक्ष्मण पासवानको अनुहार र शरिर जलको छ । आत्महत्याको प्रयास गर्नु अघि पासवानले ९ मिनेट भिडियो बनाई रुबीको हत्या गरेको भनेर स्विकारेका छन् । 

पासवानले बनाएको भिडियो अहिले समाजिक सञ्जालमा भाईरल भएको छ । गएको शनिबार राती रुबीको हत्या गरी पासवानले सुटकेसमा राखेर गौर–सिर्सिया खण्डको मुडबलवा गेड नजिक छाडेर भागेका थिए ।

 घटनापछि अनुसन्धानमा खटेको प्रहरीले पासवानले नै हत्या गरेको भनेर ठम्याईसकेको थियो । उनको खोजी गर्ने क्रममा पासवानकै घर भएको माधोपुरमा शरिरमा आगो लगाएको अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीले जानकारी दिनुभयो । 

माधव नारायण नगरपालिका–६ माधोपुर माइत र भारतको मुजफरपुर घर भएकी रुवी गौरमा डेरा लिइ ४ वर्षीया छोरा रिसुलाई पढाउदै आएकी थिइन् । 


प्रतिक्रिया