भारतीय प्रधानन्यायाधीश गवई भोलि नेपाल आउने

भाद्र १८, २०८२ | काठमाडौं
भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई नेपाल आउने हुनु भएको छ । प्रधानन्यायधीश भएपछि पहिलो पटक गवई भोलि नेपाल आउन लाग्नु भएको हो ।
उहाँ नेपालमा हुने ’नेपाल–इन्डिया जुडिसियल डाइलग’मा सहभागी हुन र भ्रमणका लागि आउन लाग्नु भएको हो । गवईको लुम्बिनी, पाटन र पशुपति भ्रमण गर्ने तालिका छ ।
यसअघि नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका तत्कालीन प्रधानन्यायाधीश डी वाई चन्द्रचूड समेत नेपालको तीन दिने औपचारिक भ्रमणमा सन् २०२४ मा नेपाल आउनुभएको थियो । पदमा रहँदै भारतका प्रधानन्यायाधीश नेपाल आएको यो पहिलो पटक थियो ।