गायिका इन्दिरा गोलेको निधन

भाद्र १८, २०८२ | काठमाडौं

चर्चित लोकदोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको ५९ वर्षको उमेरमा गएराति निधन भएको छ । 

क्यान्सर रोगबाट पीडित गुरुङको उपचारकै क्रममा ५९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । २०२३ साल कार्तिक ३ गते ललितपुरमा जन्मिनुभएकी उहाँले पाँच हजारभन्दा बढी गीतमा स्वर दिनुभएको छ ।  


प्रतिक्रिया