चीनद्वारा विशाल सैन्य परेड आयोजना

भाद्र १८, २०८२ | काठमाडौं
चीनले आज सबैभन्दा ठूलो सैन्य परेडको आयोजना गरेको छ । तियानमेन स्क्वायरमा भएको परेडमा चीनले आफ्ना सैन्य आधुनिक हातहतियारको प्रदर्शन गरेको छ ।
तियानमेन स्क्वायरमा ५० हजारभन्दा बढी दर्शकले हवाई प्रदर्शन, जनमुक्ति सेनाका सैनिकहरूको मार्चका साथै हाइपरसोनिक मिसाइल, मानव रहित ड्रोन र सुसज्जित ट्यांक जस्ता अत्याधुनिक सैन्य उपकरणहरू प्रदर्शन गरिएका थिए ।
दोस्रो विश्वयुद्धको अन्त्यमा जापानको पराजयको ८० वर्ष पूरा भएको सम्झनामा सो परेडको आयोजना गरिएको हो । परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनको समेत सहभागिता रहेको थियो । परेडलाई लिएर भइरहेको विश्वव्यापी व्यवस्थामा चीनले पार्न खोजेको प्रभावको बारेमा टिप्पणी समेत भइरहेको छ ।
आफ्नो बढ्दो शक्ति र भूराजनीतिक प्रभावको प्रदर्शन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङलाई अमेरिकापछिको अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षकको रूपमा प्रस्तुत गर्न खोजेको समाचार संस्था रोयटर्सले टिप्पणी गरेको छ ।