अगस्ट महिनामा नेपाल भित्रिए ८८ हजार ६ पर्यटक

भाद्र १८, २०८२ | काठमाडौं

गत अगस्ट महिनामा नेपाल भित्रिने पर्यटकको संख्या अघिल्लो वर्षको सोही अवधीको तुलनामा बढेको छ । अगस्ट महिनामा ८८ हजार ६ सय ८० जना पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यो संख्या गत वर्षको तुलनामा २२ प्रतिशत बढी हो । गत अगस्टमा भित्रिएका पर्यटक मध्ये भारतबाट सबैभन्दा धेरै ३५ हजार ५ सय ५, चीनबाट ७ हजार ५ सय ३३ अमेरिकाबाट ६ हजार ६८, श्रीलंकाबाट ५ हजार ९ सय ५६ लगायत छन् । यस्तै, जुलाई महिनामा ७० हजार १ सय ९३ जना पर्यटक भित्रिएका थिए ।

गत वर्ष नेपालमा करिव साढे ११ लाख पर्यटक भित्रिएका थिए । यसैविच, यो वर्ष करिव १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । तर, आवश्यक पूर्वाधार निर्माण, सबै अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा संचालन गर्न नसक्नु लगायतका कारण सो लक्ष्य पुरा गर्न चुनौतीपूर्ण हुने सरोकारवालाले बताउंदै आएका छन् ।


प्रतिक्रिया