यू–२३ एसियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपाल पराजित

भाद्र १९, २०८२ | काठमाडौं

ताजिकिस्तानमा हिजो देखि सुरु एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत समूहको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ । 

डुसानबेस्थित रपपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल ताजिकिस्तानसँग ४–० गोलले पराजित भएको हो । 

खेल अवधीभर नै नेपाललाई दबाबमा राखेको ताजिकिस्तानले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गरेको थियो ।

एएफसीको एक खेल निलम्बनका कारण कप्तान आयुष घलान ताजिकिस्तान विरुद्धको खेल खेल्न पाएन । 

उनको अनुपस्थितीमा सुमित श्रेष्ठले नेपालको कप्तानी सम्हालेका थिए । 

समूह के मा नेपालले आफ्नो दोस्रो खेल पर्सि शनिबार सिरियासँग खेल्नेछ । हिजौ भएको पहिलो खेलमा सिरियाले फिलिपिन्सलाई २–१ ले हराउँदै विजयी सुरुवात गरेको छ ।


प्रतिक्रिया