माइती नेपालद्वारा वीरगन्ज नाकाबाट १६३ महिला तथा बालबालिकाको उद्धार

पुस १३, २०८२ | पर्सा

मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा कार्यरत संस्था माइती नेपाल वीरगन्ज साखाले सन् २०२५ मा वीरगन्जस्थित नेपाल भारत सीमा नाकाबाट १ सय ६३ महिला तथा बालबालिकाको उद्धार गरेको छ ।

 सिमा निगरानीको क्रममा जोखिमपूर्ण रुपमा भारत तथा भारतबाट तेश्रो मुलुक समेत जान लागेका महिला तथा बालबालिकालाई सीमा पारी जानबाट रोकिएको हो । माइती नेपाल वीरगन्ज आवधिक गृहले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस बर्ष आफूले गरेका काम तथा उपलब्धि बारे जानकारी सार्वजनिक गरेको हो ।

 गृहकी प्रमुख÷पर्यवेक्षक गोमा कुमारी पौडेलले सन् २०२५ मा हिजो सम्ममा गरी सीमा नाकाबाट उद्धार गरिएका एक सय ६३ मध्ये एक सय ३० जनालाई गृहमा ल्याईएको र ३३ लाई सीमाबाटै उनीहरुको अभिभावकलाई बोलाई तथा प्रहरीको जिम्मा लगाई नेपाल फर्काइएको बताउनुभयो । यसैबिच १ सय ६३ मध्ये ४० जना १८ बर्ष सम्मका छन् भने १ सय २३ १९ बर्ष देखि माथिका छन् ।


प्रतिक्रिया