जेन जी आन्दोलनको भावनालाई सम्वोधन गर्नुपर्छ : साम्पाङ
फाल्गुन १६, २०८२ | काठमाडौं
श्रम संस्कृति पार्टीले आज ललितपुरको जावलाखेलमा सभा आयोजना गरेको छ । सभामा बोल्दै सो पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूहरु चुनाव जित्न र सांसद बन्न मात्र नआएको बताउनुभयो ।
जेन जी आन्दोलनको भावनालाई सम्वोधन गर्नुपर्ने साम्पाङको भनाइ थियो । पुराना दललाई भोट दिन नहुने र रास्वपा पनि नयाँ दल नभएको उहाँले उल्लेख गर्नुभयो ।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल नगरिएको बताउनुभएको छ । झापाको राजगढमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले बाहिर चर्चा भएजस्तो कुनै पनि दलसँग राप्रपाको चुनावी तालमेल नभएको बताउनुभएको हो । अहिलेका व्यवस्था र अवस्थामा परिवर्तन नभए मुलुक अझै ठूलो भूमरीमा फस्ने उहाँको भनाइ थियो ।











