काँग्रेसको सरकार भए देउवाको सम्पत्ति छानबनि हुन्छ : सभापति थापा
फाल्गुन १६, २०८२ | बारा, लक्ष्मी साह
नेपाली काँग्रेसका सभापति गगन थापाले चुनावबाट काँग्रेसको बहुमतको सरकार बनेमा शक्तिशाली सम्पत्ति छानबिन आयोग बनाएर आफ्नै दलका नेताको सम्पत्ति छानविन गर्ने बताउनुभएको छ ।
बाराको निर्वाचन क्षेत्र नम्बर १ को कोल्हवीमा आयोजित चुनावी सभामा थापाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवाको सम्पत्ति छानविन गर्न तयार भएको बताउनुभएको हो ।
२०४८ पछि सार्वजनिक पदमा पुगेका व्यक्तिकोे सम्पत्ति छानबिन हुने र यसको सुरुवात आफ्नै पार्टीबाट गरिने उहाँको दाबी छ । जेनजी आन्दोलनलाई षडयन्त्र भन्ने अतिवादी सोचले मुलुकको हित नगर्ने थापाले उल्लेख गर्नुभयो ।











