बालेन्द्र साहको बाचा पत्र सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ११, २०८२ | काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र साहले आफ्नो बाचा पत्र सार्वजनिक गर्नु भएको छ । साहले बेथिति र भ्रष्टाचारविरुद्ध संसद्मा सशक्त रूपमा उभिने बाचा गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने चुनावी घोषणा पत्र सार्वजनिक गर्नु भएको हो । 

उहाँले आफ्नो निर्वाचन क्षेत्रका सुकुमवासी समस्या १ हजार दिनभित्रमा समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको छ । बाचा पत्रमा झापा–५ को मुख्य आधार कृषिलाई आधुनिकीकरण गर्न कन्काई–रतुवा सिँचाइ योजना विस्तार र एक पालिका, एक शीत भण्डार बनाइने उल्लेख छ । 

दमक–रवि–चिसापानी सडकको पूर्णता, हुलाकी सडक र पुलहरूको समयमै निर्माण, दमकलाई स्मार्ट सिटीका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने वाचापत्रमा उल्लेख छ । बाचा पत्रमा झापा–५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गर्ने उल्लेख छ । 


प्रतिक्रिया